२०८२, चैत्र ३ गते

Mar 17 2026 | २०८२, चैत्र ३ गते

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर

मंगलवार , चैत्र ३, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • काठमाडौं,  ३ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताउनुभएको छ । 

    सोमवार ग्लोवल मनी विकलाई सम्बोधन गदैँ पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताउनुभएको हो । बैंकबाट  लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताउनु   भयो । 

    गभर्नर पौडेलले भन्नुभयो–‘पहिलापहिला जमनामा ऋण तिर्न जानेन भने तपाइलाई जिन्दगीभर कमरो बनाइदिन्थे । तपाइले अरुका लागि काम गर्नुपथ्यो । तपाइको बा, हजुरबाले त्यतिबेला राम्रोसँग पैसा चलाउन जान्नु हुँदैन्थ्यो । त्यतिबेला जे गर्छु भनेर पैसा लग्नुभयो, गरेनन् । ऋण सदुपयोग गरेनन् ।

    अहिले पनि अरुको पैसा लिएर गएर दुरुपयोग गरियो भने त्यसको क्षति धेरै ठूलो हुन्छ । त्यो बुझ्न एकदमै जरुरी छ । पैसा भनेको राम्रोसँग चलाउने चिज हो । पैसा सदुपयोग गर्ने चिज हो । मेहनत गरेर कमाएको चिज हो । सदुपयोग गरेर चलाउनुपर्छ ।’

    गभर्नर पौडेलले पैसा कमाउनु मेहनतको प्रतिफल भएको बताउनु भयो । उहाँकाअनुसार मेहनतले कमाएको पैसालाई ख्याल गर्नुपर्छ । अनावश्यक ठाउँमा पैसा खर्च गर्न नहुने उहाँको भनाइ छ ।