बिहिवार , कार्तिक १२, २०८३
काठमाडौं, १२ कार्तिक । इङ्लिस ब्याटर मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ ।
हारबाट सिजन शुरुवात गरेको जनकपुरले बलिङ र ब्याटिङमा सुधार गर्दै तेस्रो पहिलो जित रचेको हो । कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमान्डु गोर्खाजमाथि आठ विकेटको फराकिलो जित निकाल्यो । जनकपुरको जितमा अनुभवी मोइन अलीले अलराउण्ड प्रदर्शन गरे । साथै जनकपुरले बलिङमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजले ११६ को झिनो लक्ष्य दिएको थियो । जनकपुरले उक्त लक्ष्य १७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । जनकपुरले पहिलो खेल कर्णालीसँग हार व्यहोरेको थियो भने काठमान्डुको पहिलो खेल हो । तर दोस्रो खेलमा नै पहिलो संस्करणको च्याम्पियन जनकपुरले जित रच्यो । जनकपुर जितमा मोइन ५८ रनमा अविजित रहे ।
उनले तेस्रो विकेटका लागि हसन अलीसँग ७९ रनको अविजित साझेदारी गरे । हसन ४० रनमा अविजित रहे । मोइनले ५१ बलमा समान तीन चौका र छक्का हिर्काए । हसनको इनिङमा एक चौका र तीन छक्का रह्यो । त्यसअघि जनकपुरको सुरुआत पनि राम्रो हुन सकेन । ओपनर तृतराज दास ५ रनमा दोस्रो ओभरमै आउट भए । काठमाण्डुका रिपोन मण्डलले तृतराजलाई स्मित पटेलबाट क्याच गराउँदै राम्रो सुरुआत दिलाए । तर अर्को छेउबाट मोइनले इनिङ अगाडि बढाए । उनले दोस्रो विकेटका लागि मायन यादवसँग ३० रनको साझेदारी गरे । तर छैटौं ओभरमा मायन ९ रनमा रनआउट हुन पुगे । यद्यपि मोइनले तेस्रो विकेटका लागि सइफसँग अविजित साझेदारी गर्दै सहज जित दिलाए ।
काठमान्डुका ९ बलरले बलिङ गरे पनि झिनो लक्ष्य जोगाउन सकेनन् । टस जितेर पहिले ब्याटिङ गर्ने काठमान्डुको निर्णय सही साबित भएन । खराब सुरुआत गरेको काठमान्डु १९.३ ओभरमा ११५ रनमा नै अलआउट भयो । तेस्रो ओभरमै दुई विकेट गुमाएको काठमान्डु सुरुदेखि दबाब रह्यो ।
यसपछि काठमान्डु समालिन नै सकेन । मध्य क्रमका भीम सार्कीले ३३ रन बनाए । यो नै सर्वाधिक ठुला व्यक्तिगत रन रह्यो । मध्यम गतिका १७ वर्षे युवा बलर राहुल यावदले जनकपुरलाई राम्रो सुरुआत दिलाए । उनले दोस्रो ओभरमा साम हेजलेटलाई १ रनमै आउट गरे । तेस्रो ओभरमै हरिशंकर साह ९ रनमा दोस्रो विकेटका रूपमा आउट भए । सइफ हसनले उनलाई अनिल साहबाट क्याच गराउँदै काठमान्डुलाई दबाबमा राखे । काठमान्डुले तेस्रो विकेट पनि छिटै गुमायो ।
अर्का ओपनर स्मित पटेललाई १३ रनमा राहुलले क्याच गराउँदै काठमान्डुलाई ठूलो संकटमा पारे । ५.१ ओभरमा काठमान्डु २९÷३ को नाजुक अवस्थामा पुग्यो । पावरप्लेमा काठमान्डुले ३६ रन मात्र जोड्न सक्यो । दबाबमा रहेको काठमान्डुले आठौं ओभरमा चौथो विकेट पनि गुमायो । अनुभवी स्पिनर मोइन अलीले रसिद खानलाई १७ रनमा पभेलियनको बाटो देखाए । शीर्ष चार ब्याटर आउट हुँदा काठमान्डुको खातामा ४७ रन थियो । यसपछि भीम र सुमित महर्जनबीच राम्रो साझेदारी बन्दै थियो । तर तालमेल नमिल्दा सुमित १० रनमै रनआउट हुन पुगे । पछि फेरि काठमाण्डु संकटमा प¥यो । यी दुईबीच पाँचौं विकेटका लागि २९ रनको साझेदारी बन्यो । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो ।
१५औं ओभरमा भीम पनि ३३ रनमा पभेलियन फर्किए । स्पिनर ललित राजवंशीले भीमलाई विकेटकिपर कुशल परेराबाट स्टम्पिङ गराए । ९२÷६ को अवस्थामा रहेको काठमान्डुको लगातार विकेट पतन भयो । कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । खातामा थप २३ रन जोड्दा बाँकी विकेट गुमाएपछि काठमान्डु सस्तैमा समेटियो । १७औं ओभरमा राहुलले काठमान्डुका कप्तान करण केसीलाई ८ र मोहम्मद आदिललाई शून्यमा लगातार आउट गरे । तर आफ्नो चौथो ओभर गरेका राहुलले ह्याट्रिक लिन सकेनन् । जनकपुरको बलिङमा राहुलले चार विकेट लिँदा ३१ रन खर्चिए । सइफको नाममा दुई तथा मोइन, कप्तान हरमित र ललितले समान एक विकेट दिलाए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij