बिहिवार , कार्तिक १२, २०८३
भैरहवा, १२ कार्तिक । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजनामा बिहीबार रुपन्देहीको भैरहवास्थित मुन लाइट आवासीय माध्यमिक विद्यालयमा पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालको ड्याट को–चिफ एडभाइजर रुपमा कुमारी हिराचनले प्रतियोगितामा सहभागी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा हिराचनले विद्यार्थीलाई चित्रकलामा दक्षता हासिल गर्दै जिल्लास्तरीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल हुन शुभकामना दिनुभयो ।
कार्यक्रममा एरिया–५ का चिफ राकेश गुरुङ, निर्मला श्रेष्ठ र मुन लाइट बोर्डिङ स्कूलका प्राचार्य टीकाराम भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सिद्धार्थनगर नगरपालिका–६ स्थित विद्यालयमा आयोजित चित्रकला प्रतियोगितामा २० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा अम्बिका मिश्रा प्रथम, अर्जु अर्याल द्वितीय र प्रतिभा यादव तृतीय भएको निर्णायक विशन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक शंकर पाण्डेको स्वागत तथा क्लबका सचिव समिर बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालअन्तर्गत एरिया–५ को समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij