२०८२, चैत्र २ गते

Mar 16 2026 | २०८२, चैत्र २ गते

अब धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा

सोमवार , चैत्र २, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौं, २ चैत । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । 

    फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको मन्त्रीपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो ।

    काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताउनु भयो । महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो ।

    पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटादरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘मन्त्रीपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयानुसार फागुन १० गतेदेखि यहाँका पार्किङको व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले लिएको हो । शुरुका दिनमा यहाँ धेरै कुराहरु व्यवस्थित थिएनन्, हामीले जिम्मेवारी लिइसकेपछि बत्तीको व्यीथापन ग¥यौँ ।

    फायर एक्स्टिङ्विग्सर थिएन, प्रज्वलनशील पदार्थ हुनसक्ने ठाउँमा, सवारी साधन हुने ठाउँमा फायर एक्स्टिङ्विग्सरको आवश्यकता अपरिहार्य थियो । यो तीन वटा तलामा प्रत्येक तल्लामा १० थानको दरले ३० थान हामीले फायर एक्स्टिङ्विग्सर जडान गरेका छौँ । त्यो भन्दा पहिलो ९ वटा गतवर्ष नै जडान गरिएका थिए । सिसिटिभी क्यामेराहरु भने पहिलेदेखि नै थिए तर अपुग छ, हामी थप गर्ने तयारीमा छौँ । आवश्यकताअनुसार अपुग भएका कुराहरु हामी थप गर्दै जानेछौँ ।’