२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

सीके राउतले संसदीय राजनीतिबाट लिए सन्यास

सोमवार , चैत्र २, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २ चैत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

    तर, पार्टी राजनीतिमा भने सक्रिय हुने उनको भनाई छ । उनले संघर्षको राजनीति जारी राख्ने घोषणा गरेका छन् । उनले पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व भने प्रदान गर्ने बताए ।

    राउतले अब संसदीय राजनीतिबाट अलग रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार पार्ने काममा केन्द्रित हुने बताएका छन्। उनले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

    यसका साथै आफू सधैं जनतामाझ रहने, विभिन्न आन्दोलन तथा संघर्षमा सहभागी हुने र अधिकार तथा पहिचानको मुद्दामा सक्रिय भूमिका खेलिरहने उनले बताएका छन्।२०७९ सालको निर्वाचनमा जनमत पार्टीले संघीय संसद्मा ६ सिट जितेको थियो। तर यसपटकको निर्वाचनमा पार्टीका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन्।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुई पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’