सोमवार , चैत्र २, २०८२
काठमाडौं, २ चैत । थाइल्याण्डका राजा र रानीले फेब्रुअरीमा भएको आम निर्वाचनपछि नयाँ संसदीय अधिवेशन शुरु गर्न एक शाही समारोहको अध्यक्षता गर्नुभएको छ ।
समारोहमा आफ्नो सम्बोधनमा राजा महा वजिरालोङकोर्नले सांसदहरूलाई सम्पूर्ण देशको तर्फबाट सत्यनिष्ठा र जनहितलाई कायम राख्दै आफ्नो विधायी कर्तव्यहरू निर्वाह गर्न आह्वान गर्नुभयो ।
राजाले राष्ट्रलाई साँच्चै फाइदा पु¥याउन सबै संसदीय बहसहरूले संवैधानिक सिद्धान्तहरूको कडाइका साथ पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
राष्ट्रिय सभाको सुचारु सञ्चालनको लागि आफ्नो आशीर्वाद प्रदान गर्नुभयो । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री अनुटिन चर्नविराकुल र उहाँको कार्यवाहक मन्त्रिपरिषद्का सदस्यहरू, सांसदहरू, सिनेटरहरू, स्वतन्त्र एजेन्सीहरूका प्रमुखहरू र विदेशी कुटनीतिज्ञहरूका साथ समारोहमा उपस्थित थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij