२०८२, चैत्र २ गते

Mar 16 2026 | २०८२, चैत्र २ गते

भारतमा एलपीजी ग्यास किन्नेको भीड

सोमवार , चैत्र २, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • काठमाडौं, २ चैत । चलिरहेको मध्यपूर्वको द्वन्द्वको बीच राजधानी नयाँ दिल्लीलगायत भारतभरका विभिन्न शहर र नगरहरूमा निजी लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वितरण एजेन्सीहरू अगाडि मानिसहरूको लामो लाइन देखिएको छ ।

    घरायसी एलपीजी सिलिण्डर भर्नका लागि अनलाइन बुकिङ गर्न मानिसहरूले कठिनाइ भोगिरहेको रिपोर्टहरू आएका छन् । केही शहरहरूमा घरायसी एलपीजी सिलिण्डरहरू प्रतिसिलिन्डर ९ सय १३ भारतीय रुपैयाँ (करिव ९.८७ अमेरिकी डलर) को अधिकतम खुद्रा मूल्यभन्दा धेरै उच्च मूल्यमा विक्री भइरहेको थियो ।

    धेरै रेस्टुरेण्ट र होटलहरू विशेष गरी आर्थिक राजधानी मुम्बईमा, व्यावसायिक एलपीजी सिलिण्डरहरू पाउन निरन्तर कठिनाइको सामना गरिरहेका छन् ।

    खाना पकाउने ग्यासको अभावलाई लिएर देशमा व्याप्त अनिश्चितताको बीचमा, प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तक्षेप गर्दै एलपीजी सिलिण्डरको कालोबजारी वा जम्माखोरी नहोस् भनेर सुनिश्चित गर्न हरेक प्रयास भइरहेको बताउनुभएको छ ।

    यसैबीच, आधिकारिक स्रोतहरूका अनुसार, सम्भावित एलपीजी अभावलाई पूरा गर्ने प्रयासमा गत हप्ताको तुलनामा देशमा घरेलु उत्पादन ३० प्रतिशतले बढेको छ ।