२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

जिल्ला प्रशासन रुपन्देहीको दैनिक सेवा प्रवाह स्थगन

सोमवार , भाद्र १, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, १ भदौ ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयबाट शान्ति सुरक्षा लगायत अत्यावश्यक कार्यहरुबाहेक अन्य प्रशासनिक सेवाहरु स्थगन गरेको छ । कार्यालयले सोमबारदेखि भदौ ५ गतेसम्म नागरिकता, राहदानी, संघ–संस्था सम्बन्धि लगायत अन्य प्रशासनिक सेवाहरु स्थगित गरेको हो ।

    कार्यालय सोमबार सूचना जारी गर्दै सरकारी कार्यालयहरुबाट प्रभाव हुने सेवालाई समेत न्यूनिकरण गर्न अत्यावश्यक देखिएकोले दैनिक सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । 

    FB_IMG_1597664349649.jpgसहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काद्वारा जारी सूचनामा ‘कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्थामा यस जिल्लामा समुदायस्तरमा सो को संक्रमण बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लास्थित विभिन्न स्थानीय तहरुले लकडाउन समेत गरेको अवस्थामा कार्यालयको दैनिक सेवा प्रवाह स्थगन गरिएको छ, ’ उल्लेख छ ।