२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

दुर्गा, शिव तथा कृष्ण मन्दिर परिसरमा नवनिर्मित ट्रसको उद्घाटन

आइतवार , फाल्गुण ३, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, ३ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ विमानस्थलस्थित दुर्गा, शिव तथा कृष्ण मन्दिर परिसरमा नवनिर्मित ट्रसको उद्घाटन गरिएको छ । महाशिवरात्रीको अवसर पारेर ट्रसको उद्घाटन गरिएको मन्दिरका अध्यक्ष विनोद पुनले बताउनुभयो । वडा नम्बर ४ कार्यालयद्वारा आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट ६ लाखको लागतमा निर्मित ट्रसको आइतबार वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उद्घाटन गर्नुभएको हो । 

    सो अवसरमा बोल्दै वडाअध्यक्ष यादवले मन्दिर जस्तो पवित्र ठाउँमा ट्रसको आवश्यकता देखिएपछि वडा कार्यालयले बजेट बिनियोजन गरी निर्माण गरिएको बताउनुभयो । उहाँले दशैंअघि नै निर्माणसम्पन्न गर्ने लक्ष्य भए पनि जेनजी आन्दोलन लगायतका कारणले ढिलाइ भए पनि आज ट्रस निर्माणसम्पन्न भएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका अध्यक्ष यादवले ट्रस निर्माणले मात्रै मन्दिरको विकास नहुने भएकाले आगामी आर्थिक वर्षमा मन्दिरको गेट अझै आकर्षक बनाउनेतर्फ अघि बढ्ने बताउनुभयो । 
    उहाँले विगतमा भजनकिर्तनलगायतका कार्यक्रम गर्दा पानी परेको बेला मन्दिर परिसरमा असहज हुने गरेको स्मरण गर्नुभयो । उहाँ वडाको विकासका लागि सम्पूर्ण वडाबासीको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।

    त्यस्तै सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.ले ट्रसको उद्घाटन कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले निर्वाचन जित्नेबित्तिकै आफ्नो पहिलो सोच नै ट्रस निर्माण रहेको र आज त्यो पूरा हुँदा गौरवको अनुभुुति भएको बताउनुभयो । 

    फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले आफूले शिलान्यास गरेको ट्रस महाशिवरात्रीको दिन भएको उद्घाटन कार्यक्रममा सहभागी पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले वडाअध्यक्षसहित वडा कार्यालय टीमप्रति आभार व्यक्त गर्नुभयो । मन्दिरका सल्लाहकार अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    kksss.jpg

    कार्यक्रममा मिन बहादुर थापा र थमन थापाले बुवा स्वर्गीय शोभाराम थापा र आमा स्वर्गीय ज्ञानुदेवी थापाको स्मृतिमा २० वटा कुर्सी र दुईवटा त्रिपाल फूलबारी सेवा समाजलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै ट्रसको निर्माण गर्ने निर्माण व्यवसायी एस.डी.एम. कन्सट्रशन प्रा.लि.का सुरेन्द्र गुप्ताले मन्दिरलाई एक थान फलामको बेन्च हस्तान्तरण गर्नुभयो । त्यस्तै समाजसेवी भैरव प्रसाद कलवारले ट्रसमा राख्न ६ वटा पंखा प्रदान गर्नुभएको थियो ।