२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

सिसा रुपन्देहीद्वारा आयोजित क्रिकेट प्रतियोगितामा ब्राइट स्टार प्रथम

आइतवार , फाल्गुण ३, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • भैरहवा, ३ फागुन । सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एशोसियसन (सिसा )रुपन्देहीको आयोजनामा क्रिकेट प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । सिसा रुपन्देहीका अध्यक्ष एल.बी. रौतारको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका–१० का वडाध्यक्ष सुर्जमान यादवको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

    प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि यादवले विद्यालयस्तरमै खेलकुदको विकास हुनु सकारात्मक संकेत भएको बताउनुभयो । उहाँले स्थानीय तहबाट यस्ता गतिविधिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै सिसाका प्रमुख सल्लाहकार अमित यादवले प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिष्पर्धात्मक भावना र आत्मविश्वास बढाएको बताउनुभयो ।

    सिसाका अध्यक्ष एल.बी. रौतारले सिसा रुपन्देहीले पहिलोपटक आयोजना गरेको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु खुशीको विषय भएको बताउनुभयो । कार्यक्रममा सिसाका सचिव राहुल यादव, भरत गिरी, कोषाध्यक्ष मनोज जिसी लगायतको सहभागिता थियो । खेलमा एम्पायरको भूमिका बाबुलाल केवट र नारायण कश्यपले निर्वाह गर्नुभएको थियो ।

    प्रतियोगिताको पहिलो खेल सिद्धार्थ एकेडेमी र युनिक पब्लिक स्कूलबीच भएको थियो। उक्त खेलमा युनिक पब्लिक स्कुलले ९४ रनको लक्ष्य दिँदै सिद्धार्थ एकेडेमीलाई पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको थियो ।

    त्यस्तै दोस्रो खेल ब्राइट स्टार बोर्डिङ स्कुल र मोडर्न पब्लिक स्कूलबीच सम्पन्न भयो । उक्त खेलमा ब्राइट स्टारले ११४ रनको लक्ष्य प्रस्तुत गर्दै मोडर्न पब्लिक स्कुललाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गर्यो ।

    फाइनल खेल ब्राइट स्टार बोर्डिङ स्कूल र युनिक पब्लिक स्कूलबीच अत्यन्तै प्रतिष्पर्धात्मक रूपमा सम्पन्न भयो । फाइनलमा ब्राइट स्टार बोर्डिङ स्कूल प्रथम र युनिक पब्लिक स्कुल दोस्रो भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत ब्राइट स्टार बोर्डिङ स्कुलका रुपेश यादव र इरफान खान ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको थियो ।