२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

चुनाव नजिकिँदै गर्दा…

युवामा राष्ट्रिय परिचयपत्रको चटारो, स्वदेशमै रोजगारी दिनेलाई भोट

शनिवार , फाल्गुण २, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, २ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा युवाहरू राष्ट्रिय परिचयपत्र बनाउन केन्द्रित छन् । बैदेशिक प्रयोजन तथा सरकारी सेवामा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएकाले युवा पुस्ता परिचय पत्र बनाउनमा व्यस्त बनेका हुन् ।

    परिचयपत्र बनाउने लाईनमा बसेका युवाहरुले भने अब बन्ने सरकारले बिदेश जानु पर्ने बाध्यताको अन्त गर्ने खालको नीति ल्याउनु पर्नेमा जोड दिएका छन् ।  

    जिल्ला प्रशाशन कार्यालय रुपन्देहीस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा भेटिएका अधिकांश युवाले परिचयपत्र बनाउनु आवश्यक भए पनि आफ्नो प्रमुख चिन्ता रोजगारी भएको बताएका छन् । उनीहरूले हरेक चुनावमा रोजगारी सिर्जनाको आश्वासन सुनिए पनि व्यवहारमा परिणाम नदेखिएको गुनासो गरेका छन् ।

    परिचय पत्र बनाउन आएका रुपन्देहीको क्षेत्र नम्बर एक रोहिणीका मोहम्मद सराजले निर्वाचनपछि बन्ने सरकारले बेरोगजारी अन्त गर्दै बिदेश जानु पर्ने बाध्यता हटाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सरकारी कामकाजमा बेहार्नु परेको झन्झटले युवापंति निरास भएको भन्दै शुशासनमा बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले युवाहरुलाई नेपालमै रोक्न सक्ने क्षमता भएको दल र त्यसका उम्मेदवारलाई मत हाल्नु पर्नेमा जोड दिनुभयो । 

    परिचय पत्र बनाउन लाईनमा बसेका अन्य युवाहरुले पनि भोट हाल्न मात्रै होइन, देशमै बस्न सक्ने वातावरण चाहिएको बताएका छन् । काम नपाएपछि बाध्य भएर विदेशिनु पर्ने आफुहरुको रहर नभएर बाध्यता भएको बताउदै काम गर्न सक्ने उम्मेदवारलाई मतदान गर्नु पर्ने बताएका छन् । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का दीपक लाम्गादेले बिकासको चेत भएका जनताको काम गर्न सक्ने युवा उम्मेदवारलाई मत दिने बताउनु भयो । 

    रुपन्देहीमा राष्ट्रिय परिचय पत्र बनाउने केन्द्रहरुमा दैनिक रुपमा ५ सयदेखि ७ सय सम्म परिचय पत्र बनाउन युवादेखि बुद्धसम्म आउने गरेका छन् । राजनीतिक दलहरूले भने आगामी चुनावी घोषणापत्रमा युवामैत्री रोजगारी, सीप विकास र स्वदेशमै अवसर सिर्जनालाई प्राथमिकता दिदै कार्यन्वयनको बिश्वास दिलाउन जरुरी छ ।