२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

बृवाको स्मृतिमा विद्यालयमा अक्षयकोष

शनिवार , फाल्गुण २, २०८२

  • 463
    Shares
  • 463
    Shares
  • भैरहवा, २ फागुन । बुवाको स्मृतिमा छोराले अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय शिव प्रसाद ज्ञवालीको स्मृतिमा छोरा प्रमोद ज्ञवालीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । 

    सिद्धार्थनगर–९ निवासी प्रमोद ज्ञवालीले शुक्रबार विद्यालयमा ५४ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक मोतीलाल सुवेदीले बताउनुभयो ।

    गुल्मीको साविक दोघा गाविस हाल छत्रकोट गाउँपालिका–६ मा जन्मनुभएका शिव प्रसाद ज्ञवालीको २०८२ माघ १८ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । शिव प्रसाद सिद्धार्थनगर नगरपालिका–९ मा परिवारसहित बस्दै आउनुभएको थियो । स्वर्गीय शिवप्रसादका श्रीमती, एक छोरा र एक छोरी छन् ।