२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

११ उपमहानगरपालिकामा बुटवल पहिलो

शनिवार , फाल्गुण २, २०८२

  • 124
    Shares
  • 124
    Shares
  • रुपन्देही, २ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । मूल्यांकन अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा देखिएको छ । इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर रहेको छ ।

    दाङका दुई उपमहानगरपालिकामा तुल्सीपुरले ६१.५३ र घोराहीले ६.०८ अंक प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको देखिन्छ ।

    आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ सूचक प्रयोग गरेको थियो । यसमा बजेट असारभित्र सार्वजनिक र पास नगर्नु, आव २०८१/८२ का घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक प्रदेश सञ्चित कोषमा नदिने जस्ता वित्तीय सूचक समावेश छन् ।

    साथै आगामी आ.व.को बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नगरेको, बजेट समीक्षा नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्नादर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नतिजा र खोप लगाएका बालबालिका अनुपात समेत मूल्यांकनको आधार बनेका छन्।