शनिवार , फाल्गुण २, २०८२
रोहिणी, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले इमान्दारितापूर्वक जनताको सेवकका रुपमा काम बताउनुभएको छ । उहाँले क्षेत्रबासीलाई मुलुकमै परिचित गराउने आफ्नो उद्देश्य रहेकाले यसमा विश्वास गर्न आग्रह गर्नुभयो ।
ओमसतिया गाउँपालिका–५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै युवा नेता बोहराले क्षेत्र नम्बर १ मा अनेक समस्या रहेको र ती समस्या समाधान गर्ने पार्टी नै राप्रपा नै भएको दावी गर्नुभयो । क्षेत्रबासीको आत्मसम्मान बढाउन आफू लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हाम्रो प्रतिनिधिले गलत गर्यो भन्ने अवस्था आउन नदिने बताउनुभयो ।
राप्रपा उम्मेदवार बोहराले सुशासन कायम गर्दै क्षेत्रको विकास गरेर सबैको आत्मासम्मान बढाउन आफू लागिपर्ने बताउनुभयो । उहाँले जनताले आफ्नो प्रतिनिधिलाई विश्वास गरेर मत दिने भएकाले त्यो विश्वास कायम गर्न सक्नुपर्ने बताउनुभयो । क्षेत्रगत समस्या समाधान गरी यहाँका बासिन्दाको शिर ठाडो पार्न आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
विगतमा आफ्ना बुवा तथा पूर्वमन्त्री स्वर्गीय दीपक बोहराले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि लगायतमा ठूलो योगदान गरेको स्मरण गर्दै अब आफूले यी क्षेत्रलाई अगाडि बढाउन काम गर्ने बताउनुभयो । एकपटक आफूलाई परीक्षण गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
