२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

चलचित्र श्री बुकुराको भैरहवामा प्रमियर शो

शुक्रवार , फाल्गुण १, २०८२

  • 334
    Shares
  • 334
    Shares
  • भैरहवा । नेपाली चलचित्र श्री बुकुरोः द होम कलिङको भैरहवामा प्रिमियर सो (प्रर्दशन) गरिएको छ । महाशिवरात्रिको अबसर पारेर भैरहवासहित देशका बिभिन्न हलमा उक्त चलचित्रको प्रदर्शन गरिएको हो । 

    पारिवारिक कथामा आधारित चलचित्र श्री बुकुरो चलचित्रमा एउटी आमाले आफ्‌नो परिवारलाई एउटै घरमा समेटेर एकतामा बाधिराख्ने दृष्यलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ । ग्रामीण परिवेशमा आधारित यस चलचित्रले पारिवारिक स्नेह, सम्बन्ध, मिलन र साना घटनालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । 

    एउटी आमाले आफ्‌ना परिवारलाई समेटेको यस चलचित्रमा परिवारभित्रको माया, त्याग र संघर्ष कथामा प्रस्तुत गरिएको छ । चलचित्रको कथा आमाको भुमिकामा रहनु भएकी कलाकार लक्ष्मी गिरीको वरिपरि घुमेको छ । जसले जीवनका अनेक संघर्षबीच आफ्‌ना तीन छारालाई मिलाएर राख्ने प्रयास गरेको छ । समाजमा पारिवारिक विचलन बढिरहेका यो चलचित्रले पारिवारिक मिलनलाई बिशेष जोड दिएको छ । 

    श्रीमान्‌को निधन पछि सम्पूर्ण जिम्मेवारी एउटी एकल आमाको दृढ विश्वासका कारण परिवारलाइ कसरी एउटै छतमुनी मिलाएर राख्न सकिन्छ भन्ने कुरा यस चलचित्रमा प्रस्ट रुपमा देखाईएको छ ।  

    चलचित्रमा अहिलेको बदलिदो समयमा आपसी मनमुटाव, असमझदारी र आफ्‌ना आफन्तको व्यबहार पनि एउटी आमा र घरको मुल खम्बा धर्म, संस्कार, धैर्यता, माया र समझदारिका कारण परिवार कसरी एक ढिक्का हुँदो रहेछ भन्ने देखाउन खोजेको छ । श्री बुकुरो चलचित्र हेरेपछि दर्शकहरुले आमा र छोराबुहारीहरुको एकताको खुलेर प्रसंशा गरेका छन् । 

    bukuro.jpg

    मुस्ताङदेखि काठमाडौंसम्म छायांकन गरिएको यस चलचित्रले पारिवारिक दर्शकको मन जित्न सक्ने भैरहवाका साजनजंग राणाले बताउनु भयो । उहाँले परिवार बसेर आनन्दसंग हेरेर बस्न मिल्ने खालको चलचित्र रहेकाले एक पटक सबैले हेर्नु पर्ने बताउनु भयो । 

    ‘फिल्म रेञ्ज’को ब्यानरमा रुबी सेन सिंहद्वारा निर्मित यस चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्यलगायत कलाकारको अभिनय छ ।सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले नौ वर्षपछि उहाँलाई निर्देशनमा फर्काएको छ ।