२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

रुपन्देही उद्योग संघमा फर्निचर वस्तुगत समिति गठन

शुक्रवार , फाल्गुण १, २०८२

  • 121
    Shares
  • 121
    Shares
  • बुटवल, १ फागुन । रुपन्देही उद्योग संघमा आबद्ध फर्निचर उद्योगीहरुको भेलाले बिहीबार फर्निचर वस्तुगत समिति गठन गरेको छ । संघमा आबद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम फर्निचर वस्तुगत समिति गठन गरिएको हो । 

    संघका  प्रथम उपध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहदुर खत्रीको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्नुहुदै संघका अध्यक्ष पराजुलीले विभिन्न प्रकृतिका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि संघबाट पहल गर्न सहज हुने भएकालेले संघमा आबद्ध उद्योगीहरुको प्रकृति अनुसार छट्टाछुट्टै भेलाको आयोजना गरी आ—आफ्ना क्षेत्रका अनुभव र समस्याहरुलाई संघसम्म ल्याई पुर्याउन विगत लामो समयदेखि वस्तुगत समिति गठन गर्ने कार्यक्रम जारी रहेको बताउनुभयो । उहाँले संघका गतिविधिहरुलाई सफल बनाउन वस्तुगत समितिहरुको क्रियाशीलता र जिम्मेवारी अत्यन्तै ठूलो रहेको समेत बताउनुभयो ।

    फर्निचर उद्योगीहरुको भेलाले के एण्ड के फर्निचरका काशीराम पोखरेलको संयोजकत्वमा ७ सदस्यीय फर्निचर वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सह–संयोजकमा गणेश फर्निचरका अग्नी अग्रहरी, सचिवमा प्रतिक फर्निचरका मनोज आचार्य, सदस्यहरुमा चौधरी फर्निचरका पृथ्वीराम चौधरी, कुमारी फर्निचर उद्योगका पिताम्बर राना, सुपा देउराली फर्निचरका देवेन्द्र शर्मा र शिवशक्ति फर्निचरका बृजमान चौधरी रहनुभएको छ । 

    भेलाले समितिको सल्लाहकारहरुमा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, सचिवमा अशोक कुँवर, संघका सल्लाहकार सुरेन्द्र ज्ञवाली कार्यसमिति सदस्य तेज प्रसाद पराजुली र नमस्ते फर्निचरका नेत्र रुचाललाई चयन गरेको छ । 

    भेलामा प्रतिबद्धता मन्तव्य राख्दै काशीराम पोखरेलले आफूलाई विश्वास गरी संयोजकको जिम्मेवारी दिएको भन्दै रुपन्देही उद्योग संघ तथा उद्योगीहरुप्रति आभार व्यक्त गर्नुभयो । उहाँले फर्निचर उद्योग संचालनमा आएका कठिनाईहरुलाई समाधानका लागि सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघमार्फत क्रियाशील रहने बताउनुभयो ।

    संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव अशोक कुँवरको सञ्चालनमा सम्पन्न भेलामा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्रीले शुभकामना मन्तव्य दिनुभएको थियो । 

    संयोजक पोखरेलले स्वागत गर्नुहुँदै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । भेलामा संघका कोषाध्यक्ष बिशाल बेलबासे, कार्यसमिति सदस्य सतिष सापकोटा तथा  फर्निचर उद्योगीहरुको उपस्थिति थियो ।