२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

दैनिक उपभोग्य वस्तुको भाउ बढेको हो ?

बिहिवार , माघ २९, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं, २९ माघ । निर्वाचनको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्दै गएको छ ।

    विगत केही समयदेखि तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि देखिएको छ भने ग्यासको अभाव अझै हटेको छैन । खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि देखिएको छ भने चामलको समेत भाउ बढेको छ । यसले उपभोक्ताको भन्सासम्मै असर पर्ने देखिएको छ ।

    बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताउनुभएको छ ।

    उहाँकाअनुसार त्यस्ता वस्तुहरु एमआरपी नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको छ । 
    महासचिव तुलाधरले भन्नुभयो,– ‘तेल र चामलमा मूल्यवृद्धि भएको छ ।

    एक डेढ महीनामा खुद्रा पसलमा २४५ रुपैयाँमा विक्री गर्ने समान ३ सय रुपैयाँ सम्ममा बेच्नुपर्ने अवस्था आएको छ । यसले बजारमा उपभोक्तालाई समस्या पार्नसक्छ । हिजोआज प्रायजसो समानमा एमआरपी राखेर आएको हुन्छ । खुद्रा पसलेहरुले एमआरपी राख्ने कुरा आउँदैन, एमआरपी राख्ने उत्पादक, आयातकर्ताले नै हो ।

    एमआरपी राखेको सही हो या होइन, त्यो एमआरपी ठिक छ नै, त्यो हेर्ने अनुगमनकारी निकायको हो । खुद्रा पसलेले जुन एमआरपी राखेर समान आएको हुन्छ, त्यसैमा बेच्नुपर्ने हुन्छ । २४० को एमआरपी लगाएको समान २९० मा बेच्न मिल्दैन र त्यस्तो गरिएको छैन ।’

    उहाँकाअनुसार मुल्य वृद्धिको कारण बुझ्दा उत्पादक, आयातकर्ताले डलरको भाउ बढेर भनिरहेका छन् । कच्चा पदार्थको मूल्य बढ्दा पनि केही खाद्यपदार्थको भाउ बढेको आएको जानकारी आफूले पाएको तुलाधरले जानकारी दिनुभयो । तुलाधरकाअनुसार बजारमा आपूर्तिमा केही असहजता हुँदा पनि बजार भाउ बढ्ने गरेको छ । मूल्यवृद्धि किन र कसरी भइरहेको छ भन्नेबारे वाणिज्य विभागले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

    बजारमा ब्यापारीले दाल, चामलजस्ता वस्तुको मुल्य वृद्धि गरिरहँदा सरकारी संस्थाले भने भाउ बढाउन नपरेको बताएको छ । बजारमा कालोबजार, विचौलियागिरी बढ्दा सुपथ मूल्यमा नुन, ग्याससहित खाद्यवस्तु उपलव्ध गराउने जिम्मेवारी पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले अझै आफूहरुले विक्री गर्ने समानमा मूल्यवृद्धि नगरेको प्रष्ट पारेको छ ।  

    साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेशकुमार झाले साल्ट टे«डिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चामलहरुमा मूल्यवृद्धि नगरिएको बताएउनु भयो । उहाँकाअनुसार साल्टले नुन बेच्दै आएको छ, अहिले स्टकमा १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन छ । जुन ६ महिना बढिलाई यो स्टकले थेग्छ । यसमा कुनै पनि मूल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौँ कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ ।

    अन्य कार्यालयमा पनि चिनीको स्टक छ । यो भएको स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा विक्री भइरहेको छ । बजारबाट साल्ट ट्रडिङले खरिद गरेर ल्याउने खाद्यवस्तुहरुमा मूल्यवृद्धि भए आगामी दिनमा भाउ बढ्ने सम्भावना रहेको उनले जानकारी दिनुभयो । उहाँकाअनुसार साल्टले अहिले खरिद गर्न लागेको तेल चामलहरुमा भाउ बढेर आउने सम्भावना छ । खासगरी कच्चापदार्थको मुल्यवृद्धिले गर्दा मुल्यवृद्धिको सम्भावना बढेर गएको उहाँले बताउनु भयो ।

    सहायक प्रमुख कार्यकारी अधिकृत, व्रजेशकुमार झाले भन्नुभयो,–‘साल्ट टे«डिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चमलहरुमा मूल्यवृद्धि हुँदैन । साल्टले नुन बेच्दै आएको छ, स्टक १ लाख २७ हजार ४६३ मेट्रिक टन छ । जुन ६ मशिना बढिलाई यो स्टकले थेग्छ । यसमा कुनैपनि मुल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौं कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । अन्य कार्यालयमा पनि चिनीको स्टक छ ।

    यो भएको स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा विक्री गरिरहेका छौँ । बजारबाट साल्ट ट्रेडिङले खरिद गरेर जुन खाद्यवस्तुहरु विक्री गर्दै आएको छ, त्यसमा मूल्यवृद्धि देखिएको छ । जस्तै चामल, दालमा मूल्यवृद्धि देखिएको छ तर अहिले साल्ट टे«डिङसँग जुन स्टक छ त्यसमा कुनै मूल्यवृद्धि गरिएको छैन । सरकारले दिएको जिम्मेवारीअनुसार साल्ट टे«डिङले काम गरिरहेको छ ।

    नुनदेखि दैनिक अत्यावश्यक वस्तुहरु सहज ढंगले विक्री वितरण साल्ट टे«डिङले गरिरहेको छ । खाद्यवस्तुहरु बजारमै खरिद गर्दा मुल्य बढेर आउछ भने त्यसमा साल्टले पनि मुल्य बढाएर बेच्नुपर्ने अवस्था आउन सक्छ । एलपीजी ग्यासको सन्दर्भमा दैनिक रुपमा साल्ट टेडिङले ग्यास विक्री गरिरहेको छ । अहिले कुनै अभाव छ्रैन । दैनिक रुपमा ग्यास विक्रीको विवरण वाणिज्य विभागलाई समेत जानकारी दिने गरिएको छ । 

    अहिले करिव १८ सय सिलिण्डर कोटेश्वरको डिपोमा स्टकमा छ र यो वितरण पनि भइरहेको छ । ग्यास बुलेटको हकमा ५ ओटा ग्यासका बुलेट अर्थात ९० टन ग्यास नेपाल आइरहेका छन् । अरु थ्रुपै बुलेटहरु ग्यास लिन भारत गइरहेका छन् । अहिले एसटीसी ग्यासको कुनै अभाव छैन । विक्री वितरण सहजै भइरहेको छ ।’

    वाणिज्यले अनुगन बढायो

    बजारमा दैनिक उपभोग्य वस्तुसहित निजी कम्पनीहरुले ग्यास अभाव गरेपछि सरकारले अनुगमन बढाएको अधिकारीहरुले बताएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले दाल, चामल, तेलमा मूल्यवृद्धि गरेको गुनासापछि अनुगमन बढाइएको जानकारी दिनुभयो । 

    विभागका निर्देशक तिवराले बजारमा कुनैपनि वस्तुको सहज आपूर्ति र सोको व्यवस्थापन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लागिपरिरहेको बताउँदै उपभोक्ताले वस्तुहरु सहजरुपमा पाएको अवस्था छ छैन् भन्ने सन्दर्भमा अनुगमन बढाइएको जानकारी दिनुभयो । 

    निर्देशक तिवारीले भन्नुभयो, – ‘अहिले पछिल्ला दिनमा खाने तेलको धेरै गुनासो आयो । मूल्यवृद्धि भएको गुनासापछि विभागले सघन रुपमा अनुगमन ग¥यो ।  चामलको पनि मूल्यवृद्धि भएपछि अनुगमन गरियो । चामलमा पनि त्यस्तो धेरै मूल्यवृद्धि भएको छैन । बजारमा उपलब्धता रहेको छ । अहिले ग्यास अभाव बारे धेरै गुनासो आएपछि सघन रुपमा हेरिरहेका छौँ ।

    दैनिक ४–४ वटा अनुगमन टोली ग्यास पसलदेखि वितरकसम्मै पुगेर अनुगमन गरिरहेका छौँं । ग्यास मागको तुलनामा आपूर्ति केही कमी भएको पाइएको छ । जाडोमा १५ प्रतिशत ग्यासको माग बढ्ने रहेछ ।

    ग्यास अभावको अनुगमन गर्ने जिम्मेवारी आयाल निगमको पनि हो । वाणिज्य विभागले कसैले ग्यास स्टक राखेर कालोबजारी गरेको छ भने अनुगमन गरेर कारबाही गर्ने गरेको छ । करिव ९० भन्दा उद्योग, फर्महरुमा पछिल्ला दिनमा अनुगमन गरेका छौं । यो समस्या पनि छिटै हल हुने आशा छ ।’

    तिवारीकाअनुसार कालोबजारी गर्ने, आपूर्ति श्रृंखलामा असर गर्नेहरुमाथि विभागले अनुगमन बढाएको छ ।