बिहिवार , माघ २९, २०८२
भैरहवा, २९ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित पश्चिमाञ्चल इङ्लिस स्कूलमा खेल सप्ताह–२०८२ अन्तर्गत विभिन्न खेलहरु सम्पन्न भएको छन् ।
माघ २६ गतेदेखि सुरु भएको खेलकुद सप्ताहको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्नुहुँदै उपप्रमुख अधिकारीले विद्यार्थीलाई किताबमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु विद्यालयको राम्रो कार्य भएको बताउनुभयो ।
‘विद्यार्थीहरु अनुशासितसँगै सामाजिक व्यक्ति बन्नुपर्छ । गुरुहरुले कहिल्यै बिर्सनहुँदैन । हामी जहाँ पुगेका छौ, गुरुहरुको ठूलो योगदान छ, तपाई धेरै भाग्यमानी हुनुहुन्छ, पश्चिमाञ्चल इङ्लिस स्कूलले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नु सराहनीय हो, ’उहाँले भन्नुभयो ।
कक्षा ९ का विद्यार्थीहरु शुभम चौधरी र आयुसमान पाण्डेको सञ्चालनमा भएको खेलकुद सप्ताह शुभारम्भ कार्यक्रममा विद्यालयका प्राचार्य राजु ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रबन्ध निर्देशक रीता ढकाल, उपनिर्देशक रेजल ढकाल, सहायक प्राचार्य नवराज ढुंगाना, खेल संयोजक सलोनी गर्ग, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो ।
खेल सप्ताह अन्तर्गत पहिलो दिन बैलुन रेस, ज्याकेट रेस, स्वीट रेस, म्यूजीकल चेयर रेस सम्पन्न भएको विद्यालयका शिक्षक प्रवेश कुमार कर्णले जानकारी दिनुभयो । खेलकुद गतिविधिले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालयले विश्वास गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
