२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

‘तिम्रो याद मिठो’ गीत बजारमा

बुधवार , माघ २८, २०८२

  • 193
    Shares
  • 193
    Shares
  • बुटवल, २८ माघ । नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो प्रकाश सायमी ।  आफैमा भरिपूर्ण गीतका खानी बन्नुभएका सायमीका चलचित्र क्षेत्र, गीत संगीत र यस क्षेत्रका व्यक्तिहरुको इतिहासका सुकिला पानासँगै कसैको सांगीतिक जीवनलाई समेत केलाउने सायमीको पछिल्लो गीत तिम्रो याद मीठोलाई रोमा श्रेष्ठले आफ्नो आवाजमा गुञ्जाउनुभएको छ । 

    एक प्रियसीका यादहरुलाई टपक्क टिपेर स्मृतिका पानामा कलम कोर्नुभएका सायमीको गीतलाई रोमाको सुमधुर आवाजले न्याय दिलाएको छ । स्लो कन्टेन्टमा सजिएको संगीतले एउटा समयको भाव बताउँछ भने आफैसँग भएका प्रेमिल जोडीको अन्तरभावले जो कसैलाई प्रेम दिवस आइरहँदा याद अझै मिठो बनिदिन्छ । गीतको भिडियोमा कास्टिङ्ग भएका सोहित मानन्धर र ऋतु श्रेष्ठको परिपक्क जोडीले मायाका आभासहरु पनि छताछुल्ल पार्नुभएको छ । प्रविन बराइलीको संगीतमा सजीव बराईलीले एरेन्ज गरेको गीतलाई प्रकाश मिश्रले मास्टरिङ्ग गर्नुभएको छ भने एकस्टिक स्टुडियोमा गीतलाई जीवन्त दिइएको छ ।  

    फिट कलाकारलाई सुनिरहू लाग्ने गीतमा अभिनयमा बगाएर निर्देशन, सम्पादन तथा परिकल्पना गर्नुभएका लुजा सिंहले गीतको मर्म अझै प्रष्ट्याउनुभएको छ । गौतम श्रेष्ठको सीनेमाटोमा तयार गीत भर्खर युट्युबमा सार्वजनिक भएको हो । 

    हिराकाजी श्रेष्ठको प्रस्तुति रहेको गीतलाई लुजा ईण्टरटेनमेण्टले बजारमा ल्याएको हो । नेपाली सांगीतिक आकाशमा रोमा श्रेष्ठ नयाँ नाम होइन । उहाँका एक्लै हुँदा तिम्रो याद गीत समेत दर्शक श्रोताले मन पराएका थिए ।