सोमवार , माघ २६, २०८२
रुपन्देही, २६ माघ । कानुङ बचत तथा ऋण सहकारी संस्था लि.बुटवल, रुपन्देहीले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी तथा उद्यमशीलतासम्बन्धी एकदिवसीय तालिम सोमबार सम्पन्न गरेको छ ।
बुटवलमा भएको तालिममा सहकारीको परिचय, गतिविधि, सहकारीका सिद्वान्त, मूल्य, मान्यताका साथै उद्यमशीलताको अर्थ, यसका लागि आवश्यक तत्वहरु र उद्यमशीलताका पक्षहरु, बजार, बजारीकरणसम्बन्धि विषयवस्तुमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।
तालिमका सहभागी पार्वती थापाले सिकाइ प्रभावकारी रहेको र आफूलाई उद्यमशील बन्नका लागि प्रेरणा मिलेको बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष बेन प्रसाद थापाले आफ्नो सहकारीले सहभागीहरुलाई आयआर्जनतर्फ उन्मुख गराउँदै उन्नतशील एवम् नमूना सहकारी बनाउने अभियानमा क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपसमिति संयोजक गुमाकुमारी सिंजाली, सञ्चालक समितिका कोषाध्यक्ष ठमि थापा, सदस्यहरु हेमबहादुर बुढाथोकी, पीताम्बर र चरङ्गे संकलन केन्द्रकी संयोजक निमकला सिंजालीको उपस्थिति थियो । कार्यक्रममा तीन बढी दर्जन शेयर सदस्यहरुको सार्थक सहभागीता रहेको कार्यालय प्रमुख कुसुम थापाले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
