२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

‘रुपन्देही–३ मा एमालेले विकासप्रेमी नेतालाई उम्मेदवार बनाएको छ’

आइतवार , माघ १८, २०८२

  • 454
    Shares
  • 454
    Shares
  • भैरहवा, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी अभियान अन्तर्गत शनिबार पनि वडा कमिटीका भेलाहरु सम्पन्न गरेको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेको उपस्थितिमा भएका भेलाहरुले वडास्तरमा निर्वाचन परिचालन कमिटी समेत गठन गरेका छन् । 

    सोही क्रममा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ को वडा भेला पार्टीका वडाअध्यक्ष केशव सापकोटाको अध्यक्षता तथा पूर्व केन्द्रीय सदस्य सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 

    भेलामा प्रमुख अतिथि अर्यालले रुपन्देही क्षेत्र नम्बर ३ ले विकासप्रेमी नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा पाएको चर्चा गर्नुभयो । उहाँले क्षेत्रको समग्र विकासको जिम्मा एमालेले लिने उल्लेख गर्नुभयो । 

    उम्मेदवार घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ को भूगोल र यहाँका मतदाताका समस्याहरुको बारेमा आफू जानकार रहेको बताउनुभयो । उहाँले क्षेत्र नम्बर ३ को विकासको बारेमा आफ्नो स्पष्ट भिजन रहेको बताउनुभयो । 

    त्यस्तै शनिबार नै पार्टीको सियारी गाउँपालिका वडा नम्बर ७  मा आयोजित वडा भेलाले निर्वाचन परिचालन कमिटी तथा युवा परिचालन कमिटी समेत गठन गरेको छ ।