२०८२, माघ १५ गते

Jan 29 2026 | २०८२, माघ १५ गते

प्याब्सन सिद्धार्थनगरद्वारा वक्तृत्वकला प्रतियोगिता, सन शाइनकी गौतम प्रथम

बिहिवार , माघ १५, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, १५ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘त्यागको सम्मान र समृद्ध नेपाल निर्माण’ विषयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच प्रतियोगिता सम्पन्न भएको हो । 

    उक्त प्रतियोगितामा सन शाइन आवासीय माध्यमिक विद्यालयको विद्यार्थी अर्पना गौतमले प्रथम स्थान हासिल गर्न सफल भइन् । त्यस्तै काशी नोबल एकेडेमीकी सुदीक्षा अधिकारी दोस्रो र सिद्धार्थ ज्ञान ज्योतिका मानसेन कान्दु तृतीय भएका छन् । मुनलाइट आवासीय माध्यमिक विद्यालयकी सारुप्या सेढाईले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

    कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष वीरेन्द्र श्रीवास्तवले सानै उमेरदेखि विद्यार्थीहरूमा देशप्रेम, त्याग र राष्ट्रप्रति जिम्मेवारीको भावना विकास गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विद्यार्थीहरूको उत्साहजनक सहभागीताले उनीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा नेतृत्व सीप विकासमा सहयोग पुग्ने बताउनुभयो ।

    त्यस्तै प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले विद्यार्थीहरूमा शहीदप्रतिको सम्मान, त्यागको कदर तथा समृद्ध नेपाल निर्माणप्रति चेतना र प्रेरणा जागरुक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

    WhatsApp Image 2026-01-29 at 5.00.05 PM.jpeg

    कार्यक्रम संयोजक तथा मुनलाइट आवश्यक माध्यमिक विद्यालयका प्राचार्य टीकाराम भट्टराईले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास र सकारात्मक सोचको विकासमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    भैरहवास्थित मुनलाइट आवासीय माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा आठवटा विद्यालयका विद्यार्थीहरूको सहभागीता थियो ।

    उक्त कार्यक्रम मुनलाइट आवश्यक माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।