२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

शिक्षामा उचाइ चुम्दै हेभेन्ली गार्डेन किड्स क्याम्पस

बिहिवार , माघ १५, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा । भैरहवाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रालि गुणस्तरीय, बालमैत्री र व्यवहारिक शिक्षाका कारण शिक्षामा निरन्तर उचाइ चुम्दै गएको छ। प्लेग्रुपदेखि कक्षा ५ सम्म अध्यापन गराउँदै आएको यस क्याम्पसले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइमा विशेष जोड दिँदै आएको छ।

    भैरहवामा पहिलो मन्टेश्वरी तथा केयर सेन्टरको रूपमा वि स २०६३ साल माघ १८ गते स्थापना भएको हेभेन्ली गार्डेन किड्स क्याम्पसले शून्य अवस्थाबाट यात्रा सुरु गरेको थियो। प्रारम्भमा केवल ७ जना बालबालिकाबाट सुरु भएको क्याम्पसमा हाल एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यसले क्याम्पसप्रति अभिभावकको बढ्दो विश्वास र शैक्षिक गुणस्तरलाई स्पष्ट रूपमा देखाउँदै आएको छ।

    क्याम्पसले बालबालिकाको सर्वाङ्गीण विकासलाई मुख्य लक्ष्य मानेर शिक्षण–सिकाइ प्रक्रिया अगाडि बढाएको छ। कक्षा कोठाभित्र सीमित शिक्षाभन्दा बाहिर गएर सिर्जनात्मकता, व्यवहारिक ज्ञान, नैतिक शिक्षा र जीवनोपयोगी सीप विकासमा विशेष ध्यान दिइएको छ। बालमैत्री वातावरण, सुरक्षित पूर्वाधार र अनुभवी शिक्षक–शिक्षिकाको उपस्थितिले हेभेन्ली गार्डेनलाई अन्य शैक्षिक संस्थाभन्दा फरक बनाएको छ।

    heav2.jpg
    रचना क्षेत्री, प्रिन्सीपल 

    यहाँ बालबालिकालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी खेल, गीत, चित्रकला, नृत्य, समूहगत गतिविधि र प्रयोगात्मक अभ्यासमार्फत सिकाइ गराइन्छ। यसले बालबालिकामा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्न सहयोग पुगेको क्याम्पसका प्रिन्सीपल रचना क्षेत्रीको भनाइ छ।

    H 1.jpg

    हेभेन्ली गार्डेन किड्स क्याम्पसले अभिभावकसँगको सहकार्यलाई पनि उत्तिकै महत्व दिएको छ। नियमित अभिभावक–शिक्षक अन्तरक्रिया, विद्यार्थी प्रगति विवरण र परामर्श सेवामार्फत बालबालिकाको शैक्षिक तथा मानसिक विकासमा अभिभावकलाई समेत सहभागी गराइँदै आएको छ।

    प्रिन्सीपल रचना क्षेत्रीका अनुसार स्थानीय शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको यस क्याम्पसले भविष्यमा थप शैक्षिक सुधार, आधुनिक शिक्षण सामग्रीको प्रयोग र गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता छ। सयौँ बालबालिकाको भविष्य कोर्ने ज्ञानको मन्दिरका रूपमा हेभेन्ली गार्डेन किड्स क्याम्पस भैरहवाको शैक्षिक गौरव बन्दै गएको छ।

    Heavanly 1.jpg
    हेभेन्ली गार्डेन 

    यसै शैक्षिक सत्रदेखि हेभेन्ली गार्डेनले अटिजम भएका बालबालिकाहरुलाई पनि छुट्टै ब्लकमा राखेर अध्ययन तथा उनीहरुको बौद्धिक बिकासका लागि बिभिन्न किर्याकलाप गराउदै आएको छ । पछिल्लो समय धेरै बालबालिकामा अटिजमको समस्या देखिएपछि उनीहरुलाई छुट्टै व्लकमा राखेर गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथ बौद्धिक बिकासका लागि बिभिन्न किर्याकलाप गराउदै आएको प्रिन्सिपल क्षेत्रीले जानकारी दिनुभयो ।

    हेभेन्लीमा २०-२२ जना अटिजम भएका बालबालिकाले अध्ययन गर्दै आएका छन् । त्यहाँ अध्ययन गर्न लागेपछि बालबालिको व्यावहारमा सकारात्मक प्रभाव आउनुका साथै सिकाईमा पनि व्यापक सुधार आएको अभिभावहरुले बताउनु भएको छ ।