२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

माघ १६ देखि आठौं सन्जिवनी नकआउट फुटबल प्रतियोगिता

बिहिवार , माघ १५, २०८२

  • 460
    Shares
  • 460
    Shares
  • तिलोत्तमा, १५ माघ । स्थानीय खेलाडी र फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको आठौ संस्करण सुरु हुने भएको छ ।

    प्रतियोगिताको बारेमा जानकारी गराउँदै क्लबका अध्यक्ष अर्जुन क्षेत्री हापुले माघ १६ गतेदेखि प्रतियोगिता सुरु हुने बताउनुभयो । तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउदै उहाँले प्रतियोगिता सन्जिवनी युवा क्लबको आफ्नै खेलमैदान तिलोत्तमा–१४ स्थित देवीनगरमा हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष अर्जुन क्षेत्री हापुले स्थानीयस्तरमा गरिएको यो प्रतियोगिताले देशकै लागि राम्रो खेलाडी उत्पादन गर्न सक्ने बताउनुभयो । उहाँले खेल जगतमा राम्रो पहिचान बनाउन सकिने हुँदा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

    संजिवनीमा यसपटक स्थानीय फुटबलमा निरन्तर आफ्नो सहभागीता जनाउँदै आइरहेकी फुटबलप्रेमी तथा समाजसेवी खिमा कुमारी पराजुली र छोरा कृष्ण पराजुलीले उहाँको परिवारद्वारा स्वर्गीय पिता बोध प्रसाद पराजुलीको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरिएको छ । 

    मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम स्वर्गीय बोध प्रसाद पराजुली स्मृति आठौं  सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष अर्जुन क्षेत्री हापुले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको सह–प्रायोजकमा समाजसेवी तथा पूर्व वडासदस्य पार्वती दर्जीले सहयोग गर्नुभएकोले प्रतियोगिता अवधिभर स्थानियबासी, देश विदेशबाट सबैको साथ र सहयोगको अपेक्षा राखेको अध्यक्ष हापुले बताउनुभयो ।

    मुख्य प्रायोजक बन्नुभएकी खिमा कुमारी पराजुलीले दिवंगत श्रीमानको स्मृतिमा आफूले खेलकुद र सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले फुुटबलप्रति आफ्नो विशेष रुची भएकै कारण गाउँघरकै फुटबललाई आफूले सकेको साथ दिएको बताउनुभयो ।

    कार्यक्रममा सह–प्रायोजक समेत रहनुभएकी हरिकला दर्जीले अघिल्लो बर्षका प्रायोजक समाजसेवी राम बहादुर थापा, मिलन आमा समुहका अध्यक्ष चन्द्रकला छन्तेल, नवदुर्गा आमा समुहका सरिता छन्तेल, लिस्नु क्लबका कुशल भण्डारीले सन्जिवनी कपले जिल्लाको फुटबलमा फरक पहिचान बनाएर अगाडी बढिरहेको चर्चा गर्नुभयो । यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ६५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र कुमार थापाले बताउनुभयो ।

    त्यसै गरी व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको थापाले जानकारी दिनुभयो । जिल्लाभित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागीता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा १२ वटा टीमको सहभागीता रहेको खेल संयोजक खिम बहादुर थापाले बताउनुभयो ।