२०८२, माघ १४ गते

Jan 28 2026 | २०८२, माघ १४ गते

विभिन्न कार्यक्रम गरी चेम्बर अफ कमर्स रुपन्देहीले स्थापना दिवस मनाउँदै

बुधवार , माघ १४, २०८२

  • 937
    Shares
  • 937
    Shares
  • भैरहवा, १४ माघ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) विभिन्न कार्यक्रम गरी आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ । २०६३ साल माघ २२ गते स्थापना भएको संस्थाले स्थापना दिवसको पूर्व संध्यामा विभिन्न कार्यक्रम गर्ने भएको हो ।

    संस्थाका अध्यक्ष सचिन रोक्काले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाइने जानकारी दिनुभयो । अध्यक्ष रोक्काका अनुसार माघ १६ गते भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा बिहान ८ बजेदेखि योगा तथा ध्यान कार्यक्रम गरिनेछ । यो कार्यक्रमको संयोजक कार्यसमिति सदस्य सिकन्दर अली हुनुहुन्छ ।

    त्यस्तै माघ १७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुरमा बिहान ७ः३० बजेदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको संयोजन कार्यसमिति सदस्य शिवम जयसवालले गर्नुहुनेछ ।

    माघ १८ गते सामाजिक सेवा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा सामग्री हस्तान्तरण गरिने संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।

    माघ १९ मा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरिनेछ । यो कार्यक्रमको संयोजन संस्थाका सचिव गौतम कुमार गुप्ताले गर्नुहुनेछ ।

    माघ २० गते सिद्धार्थनगर नगरपालिका–९ स्थित संस्थाको सभाहलमा बिहान १०ः३० बजेदेखि माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । यो कार्यक्रमको संयोजन कोषाध्यक्ष धिरज कुमार मल्लिकले गर्नुहुनेछ । उक्त प्रतियोगितामा ११ वटा विद्यालयको सहभागीता रहने महासचिव अधिकारीले जानकारी दिनुभयो ।

    माघ २१ गते प्रभातपथदेखि उदयपुरसम्म सरसफाई कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रमको संयोजन कार्यसमिति सदस्य अब्दुल कैयुमले गर्नुहुनेछ ।

    माघ २२ गते स्थापना दिवस तथा सम्मान कार्यक्रम संगठनको सभाहलमा गरिने महासचिव लक्ष्मी अधिकारीले जानकारी दिनुभयो।