२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

सत्य साई बृद्ध आश्रममा माछापुच्छ्रे बैंकको सहयोग

मंगलवार , माघ १३, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १३ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रममा सहयोग गरेको छ । बैंकले सोमबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई बृद्ध सेवा आश्रममा अत्यावश्यक सामाग्री सहयोग गरेको हो ।

    बैंकको भैरहवा शाखा विजनेश प्रमुख नीना सापकोटाले आश्रमको तत्काल आवश्यकतालाई हेरेर किचनका भाँडाकुँडा, १७ वटा सिरक, दालचामल लगायतका सामाग्रीहरु आश्रमलाई सहयोग गरेको जानकारी दिनुभयो ।

    त्यस्तै बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले विभिन्न क्षेत्रको सहयोगकै कारण आश्रम आज जीवन्त भएको बताउनुभयो । उहाँले आश्रम सञ्चालनमा थोरै भए पनि ईंटा थपौं भन्ने हेतुले बैंकले सहयोग गरेको बताउनुभयो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस किसिमका सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका लागि बैंकले केन्द्रीय कार्यालयसँग पहल गर्ने पोखरेलले बताउनुभयो । यसअघि पनि आश्रममा सहयोग गरिएको स्मरण गर्दै उहाँले मानसेवा आश्रम, विद्यालय लगायतका यस्ता किसिमका ठाउँहरुमा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

    भैरहवा शाखा प्रबन्धक निशेस पोखरेलले बैंकले आश्रमलाई आवश्यक सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले आश्रममा सहयोग गर्न पाउँदा आफूहरु हर्षित बनेको बताउनुभयो । 

    आश्रमकी अध्यक्ष माया खरेलले बैंकका प्रतिनिधिहरु आएरै सोधेर आफूहरुको आग्रह अनुसार सहयोग गरेको बताउनुभयो । उहाले आश्रम कुनै विदेशी लगानीबाट सञ्चालन नभएको स्पष्ट पार्दै यस क्षेत्रकै सामाजिक तथा निजी संघ–संस्थाको सहयोगबाट सञ्चालन गरेको बताउनुभयो ।

    बृद्ध आश्रम भन्दाबित्तिकै धेरैको श्रद्धा हुने भएकाले सञ्चालनमा त्यस्तो कठिनाई नभएको उहाँको भनाइ छ । आश्रममा नेपालका विभिन्न जिल्लाका १७ जना वृद्धवृद्धाहरु बस्दै आएका छन् ।