
आइतवार , श्रावण ३२, २०७७
भैरहवा, ३२ साउन ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बसेको छ । बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ‘इमिडिएट रेस्पोन्स टिम’ गठन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको डिसिसिएमसीको बैठकले स्थानीय तहरुमा अति आवश्यक पर्ने सामाग्री खरीद गर्न सक्ने समेत निर्णय गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ लगायत सदस्य रहने गरी ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको जानकारी दिए । कोभिड–१९ को महामारीमा जिल्लास्तरीय रुपमा यसले काम गर्नेछ । यस्तै पालिका स्तरीय रुपमा ‘इमिडिएट रेस्पोन्स टिम’ ले काम गर्नेछ । यसमा सम्बन्धित स्थानीयका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय प्रहरी, स्वास्थ्यकर्मी लगायतको टिम सदस्यको रुपमा रहनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij