२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

जेलेन्स्कीसँगको वार्तापछि युक्रेन शान्ति सम्झौताको निकै नजिक पुग्यौँ : ट्रम्प

सोमवार , पौष १४, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, १४ पुस । अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि युक्रेन संकट समाधानका लागि ९५ प्रतिशत शर्तहरूमा सहमति जुटेको र शान्ति सम्झौताको निकै नजिक पुगेको बताउनुभएको छ ।

    ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि युक्रेन संकट अन्त्यका लागि शान्ति सम्झौताको धेरै नजिक, सायद निकै नजिक पुगेको विश्वास व्यक्त गर्नुभयो ।

    जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले दुई राष्ट्रपतिले बैठकका क्रममा नाटो र युरोपेली संघका नेताहरूसहित अन्य युरोपेली नेताहरूसँग पनि कुराकानी गरेको जानकारी दिनुभयो ।

    ट्रम्पले शान्ति योजनाका करिव ९५ प्रतिशत सर्तहरूमा सम्बन्धित पक्षहरूबीच सहमति भइसकेको भए तापनि अझै एक वा दुईवटा अत्यन्तै जटिल मुद्दाहरू बाँकी रहेको बताउनु भयो ।

    यता राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षा ग्यारेन्टीका विषयमा अमेरिका, युरोप र युक्रेनबीच लगभग १०० प्रतिशत सहमति भइसकेको दाबी गरे। जेलेन्स्कीले आफूहरूले शान्ति रूपरेखाका सबै पक्षहरूमा गहन छलफल गरेको पनि उल्लेख गर्नुभयो ।