२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

सत्ताधारी गठबन्धनको योजनाविरुद्ध जापानी प्रदर्शनकारीहरूको र्‍याली

आइतवार , पौष १३, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, १३ पुस । टोकियोमा जापानी प्रदर्शनकारीहरूले सत्ताधारी गठबन्धनको हतियार निर्यातमा रहेका लामो समयदेखिका प्रतिवन्धहरू खुकुलो पार्ने योजनाको विरोध गरेका छन् ।

    उनीहरूले जापानमा निर्मित हतियारहरूले विश्वव्यापी द्वन्द्व निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । टोकियोस्थित लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालय अगाडि जापानी प्रदर्शनकारीहरूले हतियार निर्यातमा रहेका प्रतिवन्धहरूलाई उल्लेख्य रूपमा खुकुलो पार्ने सत्ताधारी गठबन्धनको योजनाप्रति विरोध प्रदर्शन गरेका छन् ।

    ¥यालीमा प्रदर्शनकारीहरूले जापानमा निर्मित हतियारहरू नबेच, युद्ध चाहिँदैन र हतियार निर्यातको कडा विरोध गरौं भन्ने नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीका प्रतिनिधिहरूले एक ज्ञापनपत्र बुझाउँदै पाँच–श्रेणीको प्रतिवन्ध खारेज गर्ने उद्देश्यले भइरहेका सबै कार्यहरू तुरुन्त रोक्न माग गरे ।

    हालको व्यवस्था अन्तर्गत, निर्यात गर्न मिल्ने रक्षा उपकरणहरू उद्धार, यातायात, पत्ता लगाउने, निगरानी र बारुदी सुरुङ हटाउने जस्ता पाँच गैर–घातक श्रेणीहरूमा मात्र सीमित छन् ।

    डिसेम्बर १५ मा सत्ताधारी गठबन्धनले रक्षा उपकरण र प्रविधि हस्तान्तरणका तीन सिद्धान्तहरूको कार्यान्वयन दिशानिर्देशहरू परिमार्जन गर्न र हतियार निर्यातको पाँच–श्रेणीको सीमा हटाउन सहमति जनाएको थियो ।

    यस सम्बन्धी प्रश्ताव अर्को वर्षको फेब्रुअरीमा मन्त्रिपरिषद्मा पेश गरिने पुष्टि भएको छ । जसले जापानभित्र गहिरो चिन्ता र आलोचना पैदा गरेको छ ।