२०८३, आषाढ १० गते

Jun 24 2026 | २०८३, आषाढ १० गते

काशीमा विद्यार्थीलाई पुरस्कार वितरण

बिहिवार , पौष ३, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ३ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित काशी नोबल एकेडेमीमा जारी वार्षिक खेल महोत्सव–२०८२ अन्र्तगत बुधबार कक्षा ३ का विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

    कक्षा ३ का १४० जना विद्यार्थीहरुमध्ये खेलमा सहभागी ८० जनालाई पुरस्कार वितरण गरिएको हो । विद्यार्थीलाई ५० मिटर, १०० मिटर रेस, चम्चा दौड, फ्रग रेस, हट पोटाटो रेस, स्वीट रेस लगायतका खेल भएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो।

    विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (व्याब्सन) सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले आजको समयमा पढाइ र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । उहाँले 
    पुस ३ गते कक्षा ४ का विद्यार्थीलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको विद्यालयका खेलकुद संयोजक दीपक काफ्लेले बताउनुभयो ।

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता, सह–प्राचार्य श्रीरायमाझीको स्वागत तथा कोर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यस्तै मंगलबार कक्षा १ र २ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    597799335_1542630810738162_2784500442781879836_n.jpg

    कार्यक्रममा प्रमुख अतिथि सुर्यदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत गिरीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।