२०८२, पौष २ गते

Dec 17 2025 | २०८२, पौष २ गते

कालिका कप उद्घाटन, मार्चपाचसहित ६ हजार विद्यार्थीद्वारा षट्कोण प्रर्दशन

बुधवार , पौष २, २०८२

  • 370
    Shares
  • 370
    Shares
  • बुटवल, २ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय कालिका कप–२०८२ सुरु भएको छ । मंगलबार सेक्टर १ कालिका नगरमा एक समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पियाले कालिका मानवज्ञान मावि शैक्षिक क्षेत्रमा मात्र नभइ खेलकुद क्षेत्रमा समेत अग्रस्थानमा रहेको बताउनुभयो । उहाँले कालिका मानवज्ञान विद्यालय धेरै शैक्षिक संस्थाहरुका लागि अध्यायनको थलो रहेको भन्दै कालिका विद्यालयबाटै धेरैले शैक्षिक गतिविधिको अनुसरण गर्नुपर्ने बताउनुभयो ।

    kalika cup  (2).jpg

    कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार विद्यालयका पूर्वप्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसकाका प्रमुख घनश्याम पाठक, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अध्यक्ष होम बहादुर गलामी, एथ्लेटिक्सका मुख्य प्रशिक्षक मोहन घले, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ  ज्ञवालीसहित शिक्षक अभिभावक संघ, विद्यालयका सहायक प्रधानाध्यापक, इञ्चार्ज लगायतको सहभागीता थियो ।

    कार्यक्रममा सहभागी सम्पूर्ण पाहुना तथा अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक  दिनेश थापाले वार्षिकउत्सव ५ गतेसम्म विभिन्न खेलकुद एवं रचनात्मक कार्यक्रमको आयोजना गरिने र ६ र ७ गते छात्रवृत्ति वितरणसहित मूल समारोह ७ गते आयोजना गर्न लागिएको बताएका थिए । कालिका कप अन्तर्गत भलिबल, कबड्डी (छात्र, छात्रा) का खेलहरु हुनेछन् ।

    कालिका कप प्रतियोगिताका सबै खेलहरु विद्यालयको सेक्टर १ मा हुने विद्यालयले जनाएको छ । भलिबल र कबड्डी पुस २ देखि ५ गतेसम्म चल्नेछ । त्यस्तै पुस ४ गते स्वर्गीय शेर बहादुर गुरुङ स्मृति अक्षयकोष जिल्लास्तरीय कविता प्रतियोगिता र स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष सिङ्गिङ आईडल प्रतियोगिता हुनेछ । 

    त्यसै गरी पुस ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान र अन्तरविद्यालय ५ हजार मिटर दौड प्रतियोगिता (बिहान ६ बजे) हुनेछ ।

    मूल समारोहका दिन विभिन्न साँस्कृतिक कार्यक्रमहरु, विज्ञान प्रविधि, ललित कला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।  पहिलो दिन विद्यालयमा ६ हजार विद्यार्थीले एक साथ पिटी प्रदर्शन गरेका थिए ।

    कालिका कप अन्र्तगतका बुधवारबाट जिल्लास्तरीय कालिका कप छात्रछात्रा भलिबल प्रतियोगिता र कबड्डी प्रतियोथिता आयोजना हुनेछ ।  विद्यालयका खेलकुद संयोजक ओम सारुका अनुसार छात्र भलिबल प्रतियोगितामा २२ वटा विद्यालयले सहभागीता जानएका छन् । 

    त्यस्तै छात्रा भलिबल प्रतियोगिताका लागि १३ वटा विद्यालयले सहभागीता जनाएका छन् । त्यस्तै जिल्लास्तरीय छात्र कबड्डी प्रतियोगिताका लागि २० वटा विद्यालय र  छात्रा कबड्डी प्रतियोगिताका लागि १३ वटा विद्यालयले सहभागीता जनाएका छन् । 

    सबै प्रतियोगीताहरु पुस २ गते बाट शुभारम्भ हुनेछन् । भलिबल र कबड्डी विजेता टीमले ३० हजारसहित ट्रफी र मेडल  प्राप्त गर्नेछन् । उपविजेता टीमले २० हजारसहित ट्रफी, मेडल र तृतीय हुनेले १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो ।