सोमवार , मंसिर २९, २०८२
काठमाडौं, २९ मंसिर । इण्डोनेसियाको सुमात्रा द्वीपका तीन प्रान्तमा गएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
२१८ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिवार जारी गरेको पछिल्लो तथ्यांकअनुसार यो संख्या उल्लेख गरिएको हो । यी विपद्हरूले पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ ।
बीएनपीबीको तथ्यांकमा करिव १ हजार २ सय सार्वजनिक सुविधाहरू क्षतिग्रस्त भएका छन् । जसमा २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक संस्था, ४३४ पूजास्थल, २९० कार्यालय भवन र १४५ पुलहरू समावेश छन् ।
बीएनपीबीको डाटा तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले उपजिल्ला स्तरमा डाटा प्रमाणीकरण र नागरिक अभिलेखसँग क्रस–रेफरेन्सिङको काम जारी रहेको बताउनु भयो ।
उहाँले पीडितहरूलाई नाम र ठेगानाअनुसार प्रमाणित गरिरहेको र केही जिल्लामा यो प्रक्रिया अझै जारी रहेको बताउनु भयो । यसैबीच इण्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तोले आचे प्रान्तका विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायका विभिन्न आधारभुत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij