२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

चीनद्वारा लिजियान–१ रकेट प्रक्षेपण

बिहिवार , मंसिर २५, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • काठमाडौं, २५ मंसिर । चीनले बुधवार लिजियान–१ रकेट प्रक्षेपण गरेको छ ।

    जसलाई किनेटिका–१ वाई ११ पनि भनिन्छ । ९ उपग्रहहरू सहितको वाहक रकेट प्रक्षेपण गरेको छ । जसमा संयुक्त अरब इमिरेट्स (युएई) को एक उपग्रह पनि समावेश थियो ।

    उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्र नजिकै डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पायलट क्षेत्रबाट दिउँसो १२ः०३ बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरियो। यसले उपग्रहहरूलाई उनीहरूको योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको छ ।

    ८१३ नाम दिइएको युएईको नेतृत्वमा रहेको उपग्रह माटो, जलवायु र वातावरण अवलोकन गर्न डिजाइन गरिएको हो ।