२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

प्रहरी चौकी पिपरहियाको नयाँ भवन निर्माण हुने

बिहिवार , मंसिर २५, २०८२

  • 823
    Shares
  • 823
    Shares
  • भैरहवा, २५ मंसिर । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहिया (गल्लामण्डी) स्थित प्रहरी चौकी पिपरहियाको नयाँ भवन निर्माण हुने भएको छ । वडा नम्बर ४ स्थित श्री रामजानकी हनुमान मन्दिर नजिकै निर्माण हुने चौकीको बुधबार शिलान्यास गरिएको हो ।

    silayanas.jpg

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी सुरज कार्की र सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भदौ २४ गते (दोस्रो दिन) आगजनीबाट चौकीमा क्षति पुगेको डीएसपी कार्कीले बताउनुभयो ।

    ‘स्थानीयको अग्रसरतामा नयाँ स्थानमा चौकी निर्माण हुँदैछ, स्थानीय, प्रदेश सरकार, व्यवसायी, स्थानीय सबैले सहयोग गरेर छिटो भन्दा छिटो निर्माण हुन सक्छ भन्ने हाम्रो अपेक्षा छ, ’उहाँले भन्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले प्रहरी चौकी जलेर क्षतिग्रस्त भएपछि चौकी नयाँ भवन निर्माण गरिन लागेको बताउनुभयो । चौकीसँगै बुद्ध सामूदायिक सेवा केन्द्र (सामूदायिक प्रहरी) पनि संयुक्त रुपमा शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो । चार महिनामै भवन निर्माणसम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । प्रवक्ता यादवका अनुसार जग्गाको क्षेत्रफल १ कठ्ठा १४ धुर रहेको छ । ...