२०८२, मंसिर २३ गते

Dec 09 2025 | २०८२, मंसिर २३ गते

प्रथम भैरव नकआउट फुटबल प्रतियोगितामा मोनस्टर गाइज विजयी

सोमवार , मंसिर २२, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, २२ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता–२०८२ ’ अन्तर्गत सोमबार भएको खेलमा मोनस्टर गाइज सुनवल, नवलपरासी विजयी भएको छ । लिस्नु युवा क्लब कोटिहवा तिलोत्तमा, रुपन्देहीलाई २–० गोलको अन्तरले पराजित गर्दै मोनस्टर गाइज विजयी भएको हो ।

    WhatsApp Image 2025-12-08 at 7.50.44 PM.jpeg

    खेल सुरु भएको १६ औं मिनेट (पहिलो हाफ) मा मोनस्टर गाइजका तानिश गुरुङले १ गोल गर्नुभयो । त्यस्तै मोनस्टर गाइजका निखिल पुनले ५१ औं मिनेट (दोस्रो हाफ) मा १ गोल गर्नुभएको आयोजक श्री भैरव युवा क्लब नयाँ गाउँ, रानी गाउँको कोषाध्यक्ष श्रद्धा गुरुङले जानकारी दिनुभयो ।

    सोमबारको खेलमा मोनस्टर गाईजका सरोज दर्लामी म्यान अफ द म्याच घोषित भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्नुभयो ।
    मंगलबार फर्साटिकर युवा क्लब फर्साटिकर, शुद्धोधन, रुपन्देही र भैरव युवा क्लब, रामग्राम नवलपरासीबीच भैरव युवा क्लबकाका किसन थापाले जानकारी दिनुभयो ।

    मंसिर २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष याम बहादुर थापाले बताउनुभयो । लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको गोल्डकप निकट भविष्यमा आयोजना गरी सिद्धार्थनगरलाई खेलकुदमय बनाउने सपना र बचेको रकमबाट पक्लिहवा माविमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।