२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

फिलिपिन्समा दुई शक्तिशाली आँधीबाट मृत्यु हुनेको संख्या २५० पुग्यो

बुधवार , कार्तिक २६, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • काठमाडौं,  २६ कार्तिक । गत हप्तामा लगातार दुई शक्तिशाली आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ ।

    लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले मंगलवार बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मंगलवार भनेको छ कि नोभेम्बर ४ मा आएको कालमेगी आँधीले मध्य फिलिपिन्समा ठूलो बाढी र पहिरो निम्त्याएको छ ।

    जसमा २ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय १२ जना बेपत्ता छन् । धेरैजसो मृत्यु सेबु प्रान्तमा भएको छ । जुन सेप्टेम्बर ३० मा गएको ६.९ म्याग्निच्युडको भूकम्पबाट अझै पनि पीडित छ ।

    मंगलवार पनि नागरिक रक्षा कार्यालयले आईतवार लुजोन टापुमा ठोक्किएको सुपर टाइफुन फङ–वङले कम्तिमा १८ जनाको मृत्यु भएको बताएको छ । दुई आँधीले लाखौं बासिन्दाहरूलाई विस्थापित गरेको छ ।

    घर, खेतबारी र सडक र पुलहरू सहित प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको अधिकारीहरूले बताएका छन् । फङ–वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औं उष्णकटिबंधीय आँधी हो । जसले देशको वार्षिक औसत २० वटा आँधीलाई उछिनेको छ ।