२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

फिलिपिन्समा कालमेगी आँधीबाट २६ जनाको मृत्यु

बुधवार , कार्तिक १९, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, १९ कार्तिक । मंगलवार फिलिपिन्समा कालमेगी आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ ।

    आँधीकाकारण ठूलो बाढी आएको थियो । जसले घरहरू डुबानमा परे । अनगिन्ती कारहरू बगायो र हजारौं गाउँलेहरूलाई विस्थापित गरेको छ ।

    ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मृत्यु हुनेमध्ये २२ जना मध्य भिसायास क्षेत्रमा, दुई जना नेग्रोस टापु क्षेत्रमा, एक जना पश्चिमी भिसायास क्षेत्रमा र एक जना पूर्वी भिसायास क्षेत्रमा भएको बताउनु भयो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मंगलबार भनेको छ । कालमेगीले मध्य र दक्षिणी फिलिपिन्समा लगभग ६० हजार मानिसहरूलाई असर गरेको छ । कालमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औं आँधी हो ।