२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

रोहिणीमा साढे पाँचसय लालपूर्जा वितरण गरिदै

बिहिवार , कार्तिक १३, २०८२

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, १३ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकामा साढे पाँचसय जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिने भएको छ । गाउँपालिकाको ६ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गधनी प्रमाणपूर्जा कार्तिक १४ गते शुक्रबार (भोली) वितरण गरिने भएको हो ।

    लामो समयदेखि लालपूर्जा नपाएका नागरिकले लालपूर्जा पाउन लाग्दा खुसीको अनुभुति भएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार शुक्रबार बिहान ११ बजेदेखि वडा नम्बर ६ को वडा कार्यालयमा कार्यक्रम सुरु हुनेछ । उक्त कार्यक्रममा ५५० जनालाई लालपूर्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

    रोहिणी गाउँपालिका धकधई, रुपन्देही र नापी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा उक्त कार्यक्रम (समारोह) हुँदैछ ।

    यसअघि २०८१ असोजमा आयोजित समारोहमा रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको थियो । उक्त समारोहमा ४५० जनालाई लालपूर्जा वितरण गरिएको थियो ।