२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनको आयोजनामा रक्तदान

शनिवार , श्रावण ३१, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ३१ साउन ।
    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा ४९ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष गणेश प्रसाद बेल्बासेले बताए । कोरोना भाइरस (कोभिड–१९)का संक्रमणका कारण होटल व्यवसाय बढी मारमा परे पनि संगठनले सामाजिक उत्तरदायित्वको कार्यलाई अगाडी बढाएको बेल्बासेले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले रगतदान आफैमा पुनित कार्य भएको बताए । उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

    त्यस्तै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतले रक्तदानको महत्वको बारेमा बोलेको थिए ।

    117444615_1008111392981841_322978808278916605_o.jpgकार्यक्रम संयोजक तथा संगठनका सह–कोषाध्यक्ष नरेन्द्र खनालको स्वागत, निवर्तमान अध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव पिताम्बर न्यौपाने (विष्णु)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।