२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगरद्वारा प्रहरीलाई पानी टंकी, मास्क र सेनिटाइजर हस्तान्तरण

शनिवार , श्रावण ३१, २०७७

भैरहवा, ३१ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगरले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हात धुन मिल्ने पानी टंकी, मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ । क्लबले शनिबार एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीले मानव जगतको सुरक्षाको लागि लायन्स क्लबले पुनित कार्य गरेको बताए । उनले विषम परिस्थितिमा आवश्यकतालाई मध्यनजर गर्दै लायन्स क्लब अफ सिद्धार्थनगरले जिल्ला प्रहरी कार्यालयलाई पानी टंकी, मास्क र सेनिटाइजर हस्तान्तरण गर्ने कार्य सराहनीय रहेको बताए ।

IMG_9430.JPGक्लबका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले ३६ वर्षको दौरानमा विपत्ति तथा प्रकोपमा क्लबले मुलुकका विभिन्न क्षेत्रमा पुगेर राहत वितरण गरेको बताए । उनले कोभिड–१९ का कारण संकटको स्थिति आएकोले चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष धर्मराज आचार्यको स्वागत मन्तव्य तथा सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।