
शुक्रवार , आश्विन १०, २०८२
काठमाडौं, १० असोज । यमनको राजधानी सानामा बिहीवार इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
अन्य १ सय ४२ जना घाइते भएका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूकाअनुसार उद्धार टोलीहरूले अझै पनि भग्नावशेषमुनि बाँचेकाहरूको खोजी गरिरहेको बताएका छन् ।
हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले धाहबान पावर स्टेशन, राष्ट्रपति दरबार परिसर, सामान्य सुरक्षा शिविर र दुई आवासीय छिमेकमा आक्रमण भएको बताएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले वायुसेनाले हुथी जनरल स्टाफ क्याम्पसहित धेरै सैन्य स्थलहरूमा आक्रमण गरेको बताउनु भयो ।
ड्रोन र हतियारहरूको भण्डार नष्ट गरेको र दर्जनौं हुथी लडाकुहरू मारिएका दाबी गर्नुभयो । यी हमलाहरू बुधवार दक्षिणी इजरायली रिसोर्ट शहर इलातमा भएको ड्रोन आक्रमणको बदला भएको बताउनु भयो ।
जसमा कम्तिमा २० जना घाइते भएका थिए । जसमध्ये दुई जना गम्भीर थिए । इजरायलको कान टिभीले रिपोर्ट गरेको छ कि लगभग १५ लडाकु विमानहरूले भाग लिएका थिए र लगभग ६५ बम खसालेका थिए ।
यमन २०१४ देखि युद्धमा छ । जब हुथीहरूले साना कब्जा गरे । जसले गर्दा अर्को वर्ष साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गर्न बाध्य भयो । द्वन्द्वले लाखौंलाई भोकमरी र आधारभूत सेवाहरूको अभावको सामना गर्नुपरेको छ ।
इजरायलले आफ्नो क्षेत्रमा गरिएको मिसाइल र ड्रोन आक्रमणको प्रतिक्रियामा २०२४ मा यमनको हुथी–नियन्त्रित क्षेत्रहरूमा हवाई आक्रमण शुरु गरेको थियो ।
हुथी विद्रोहीहरूले गाजामा रहेका प्यालेस्टिनीहरूसँगको ऐक्यवद्धतामा आफ्ना आक्रमणहरू भएको बताएका छन् र अगस्टमा इजरायलले सानामा वरिष्ठ हुथी अधिकारीहरूको हत्या गरेपछि ती आक्रमणहरू बढेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij