२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

युद्धले थाकेका अफगानीहरू दिगो शान्तिको चाहना गर्दै

सोमवार , आश्विन ६, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • काठमाडौं, ६  असोज । आईतवार विश्वले अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउँदै गर्दा चार दशकभन्दा बढी समयदेखिको द्वन्द्वबाट पीडित अफगानीहरूले आफ्नो सबैभन्दा ठूलो इच्छा दिगो शान्ति रहेको बताउँदै थिए ।

    दिगो र स्थायी शान्ति नै आफूहरुको चाहना भएको अब्दुर कादुस रहमानीको भनाइ छ । दिगो शान्तिले नै शरणार्थीहरूलाई फर्कन र राष्ट्रको पुनर्निर्माणमा योगदान पु¥याउने उहाँको भनाइ छ ।

    शान्ति शब्द सुन्दा मात्र पनि खुशी हुने गरेको उहाँको भनाइ छ । युद्ध अब घृणा लाग्न थालेको उहाँको भनाइ छ । काबुलका हुसेन युद्धको अर्थ असुरक्षा र गरिबी भएको बताउनु हुन्छ ।

    बलियो अर्थतन्त्रसँगै शान्तिले आनन्द र मानसिक शान्ति ल्याउने उहाँको विश्वास छ । अफगानहरूका अनुसार चार दशकभन्दा बढीको युद्ध र नागरिक अशान्तिले उनीहरूको देशलाई अविकसित र गरिब बनाएको छ । 

    अफगानिस्तानको गृहयुद्ध र विदेशी आक्रमणको चक्र चार दशकभन्दा बढी समयसम्म फैलिएको थियो, जुन अगस्ट २०२१ मा अमेरिकी नेतृत्वको सेनाको फिर्तासँगै समाप्त भयो ।

    २० वर्षको अमेरिकी नेतृत्वको विदेशी उपस्थितिको क्रममा, काबुल र अन्य शहरहरूले लगभग दैनिक आत्मघाती आक्रमण र बम विस्फोटहरू सहे जसले हजारौं नागरिकहरूको ज्यान लियो।