
शुक्रवार , श्रावण ३०, २०७७
भैरहवा, ३० साउन । रुपन्देही जिल्लामा शुक्रबार थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुटवलस्थित नेशनल प्याथ ल्याबमा भएको समुदायस्तरको परीक्षणमा सिद्धार्थनगर नगरपालिकाका ६ जना र बुटवल उपमहानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोभिड–१९ संक्रमणको पुष्टि भएका ११ जनाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकाका ६ जनामध्ये वडा नम्बर ४ का ४ जना र देवकोटाचोकका २ जना तथा बुटवलका पाँच जनामध्ये बुटवल–११ का ४ जना र वडा नम्बर १६ का ४ जना रहेका छन् ।
यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय २८ जना निको भएर घर फर्केका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij