२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा

आइतवार , भाद्र २९, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • काठमाडाैं, २९ भदौ । सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ । 

    जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको  हो । सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दिप्रत्यक्षीकरण रिट दर्ता लगाएतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

    नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले तत्काल पूर्णरुपमा काम सुरु गर्ने परिस्थीति नरहेपनि क्रमश कामकारवाही सुरु हुने बताउनुभयो । स्थीति सहज भएपछि महिला, थुनुवा र राष्ट्रिय मुद्दाको सुनुवाई सुरु गर्न सुझाव दिइएको उहाले उल्लेख गर्नुभयो । 

    त्यस्तै अदालत पुगेका अधिवक्ताहरुले अदालतमाथि आक्रमण हुनु दुखद भएको बताएका छन् । अधिवक्ता ताराप्रसाद अर्यालले आस्थाको धरोहरमा भएको आक्रमण जायज नभएको बताउनुभयो । उहाले बन्दिप्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सुरु भइसकेको उल्लेख गर्नुभयो ।

    त्यस्तै अधिवक्ता कमल कोइरालाले बन्दिप्रत्यक्षीकरण र तारिख दिने काम सुरु भएको र अन्य सेवा पनि विस्तारै सेवा सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

    हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज जलेको सर्वोच्चले जनाएको छ ।