२०८२, कार्तिक १४ गते

Oct 31 2025 | २०८२, कार्तिक १४ गते

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी एरिया ३ र ४ द्वारा रक्तदान

आइतवार , भाद्र २९, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २९ भदौ । लायन्स इन्टरनेशनल डिष्ट्रिक  ३२५ पी एरिया ३ र ४ को संयुक्त आयोजनामा शनिबार रुपन्देहीको बुटवलमा रक्तदान कार्यक्रम सम्पन भएको छ । देशमा हालै घटेको अप्रत्यासित घटना क्रममा घाइते भएका तथा नियमित बिरामीको संवेदनशील स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको एरिया–३ चिफ को–अर्डिनेटर कृष्ण प्रसाद पाण्डे बताउनुभयो । बुटवल रक्त सञ्चार केन्द्रको  प्राविधिक सहयोगमा कार्यक्रम भएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लुम्विनी र गण्डकी प्रदेशका केही जिल्लाका बिरामीहरु उपचारका लागि बुटवलमा आउने हुँदा अहिले मागभन्दा निकै कम रगत संकलन भइरहेको पाइएको बताउनुभयो । उहाँले  देशमा हालै घटेको अप्रत्याशित घटना क्रममा घाइते भएका तथा नियमित  बिरामीको संवेदनशील स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै रक्तदान सुरु गराइएको बताउनुभयो । अब केही दिन भित्र पाल्पा जिल्लामा पनि रक्तदान कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

    डिष्ट्रिक गभर्नर भट्टराईले मानवको जीवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले रक्तदान गर्नुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । रगत अभाव भइरहेको र अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

    0cfb68f8-d9a0-434b-b3a9-4b7842ac600c.jfif

    कार्यक्रममा निवर्तमान गर्भनर पुरुषोत्तम भक्त प्रधानाङ्ख, फस्ट लेडी कल्पना भट्टराई, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मिना पन्थी, पूर्व गर्भनरहरु अर्जुनमान सैजु, सुनिल ओझा, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, डिष्ट्रिक सचिव एमएल पाण्डे, डिष्ट्रिक कोषाध्यक्ष संगम न्यौपाने, नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देही अध्यक्ष कृष्ण चोहान लगायत लायन्सका पदाधिकारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको एरिया–३ चिफ को–अर्डिनेटर कृष्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो ।