२०८२, आश्विन ११ गते

Sep 27 2025 | २०८२, आश्विन ११ गते

स्पेनमा डढेलो फैलियो

बुधवार , श्रावण २८, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २८ साउन । उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ ।

    जसकारण सयौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन् । शनिवार दिउँसोबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन ।

    युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो पुगेको छ । अर्को डढेलोले जामोरा प्रान्तमा लगभग ८५० जनालाई खाली गर्न बाध्य पारेको छ । कास्टिला वाई लियोनले सप्ताहन्तमा विभिन्न आकारका ३० भन्दा बढी डढेलो रेकर्ड गरेको छ । स्पेनले १९७५ मा रेकर्ड शुरु भएदेखि नै सबैभन्दा लामो र सबैभन्दा तिब्र गर्मीको लहर सहिरहेको छ ।

    यस क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ । उत्तरी क्षेत्र नाभारा र दक्षिणपश्चिमी प्रान्त हुएल्भामा पनि आगलागीका घटनाहरू रिपोर्ट गरिएका छन् । युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार २०२५ मा अहिलेसम्म स्पेनमा ४६ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ ।