२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

लुम्बिनी बौद्ध विश्वविद्यालयले स्थगित गर्‍यो परीक्षा

बुधवार , श्रावण २८, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २८ साउन ।
    लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा स्थगित भएको छ । भदौ १ गतेबाट सुरु हुने परीक्षा स्थगित गरिएको रजिस्ट्रार तिलक शर्माले बताए ।

    ’सरकारले संक्रमणको जोखिम बढेको भन्दै सचेत हुन आग्रह गरिरहेको छ, यस्तो अवस्थामा परीक्षा संचालन गर्दा थप जोखिम हुने भएकाले स्थगित भएको हो,’ रजिस्टर शर्माले भने, ’अर्को सूचना जारी नहुञ्जेलसम्म सबै परीक्षा स्थगित गरेका छौं ।’

    परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भदौ १ देखि हुने परीक्षा स्थगित गरिएको जानकारी दिइएको छ । यसअघि विद्यार्थीले परीक्षा रोक्न आग्रह गरेका थिए । परीक्षा सञ्चालनसम्बन्धि अर्को सूचना जारी गरी जानकारी गराइने विश्वविद्यालयले जनाएको छ ।