२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

चीनद्वारा लङ मार्च १२ वाहक रकेट प्रक्षेपण

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं, २० साउन । चीनले सोमवार लङ मार्च–१२ वाहक रकेट प्रक्षेपण गरेको छ ।

जसले इन्टरनेट उपग्रहहरूको समूहलाई अन्तरिक्षमा पठाएको हो । रकेट साँझ ६ः२१ बजे दक्षिणी टापु प्रान्त हेनानमा रहेको हेनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट उडान भरेको थियो ।

यसले कम कक्षीय इन्टरनेट उपग्रहहरूको सातौं समूह, पेलोडहरूलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा राखेको छ । प्रक्षेपण स्थलकाअनुसार यो प्रक्षेपण लङ मार्च श्रृंखला वाहक रकेटहरूको ५८७ औं अभियान थियो ।