२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

नागरिक सरोकार मञ्च रुपन्देही गठन, अध्यक्षमा गुप्ता

आइतवार , श्रावण १८, २०८२

भैरहवा, १८ साउन । नागरिक सरोकार मञ्च रुपन्देही गठन गरिएको छ । शनिबार भैरहवामा सम्पन्न भेलाले आनन्द प्रसाद गुप्ताको अध्यक्षतामा मञ्च गठन भएको हो । 

Anand Gupta.jpg

मञ्चको वरिष्ठ उपाध्यक्षमा विकास रायमाझी, उपाध्यक्षमा फुलपति कंडेल र रविकान्त उपाध्याय, महासचिवमा दीपक कुमार के.सी., सचिवमा उषा के.सी., सह–सचिवमा अनन्तराज पाण्डे, कोषाध्यक्षमा सरिता राना, सह–कोषाध्यक्षमा केदार बरई र प्रवक्तामा विरेन्द्र ज्ञवाली रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा पशुपति कान्दु, विजय राय, अभिषेक चौधरी, राम बहादुर बस्नेत, जोगेन्दर चाई, जीवन प्रकाश उपाध्याय, खेमराज ढकाल, गोविन्द प्रसाद भुर्तेल र भीम बुढाथोकी रहनुभएको छ ।

त्यसै गरी मञ्चको प्रमुख सल्लाहकारमा गोविन्दराज पाण्डे, प्रेस सल्लाहकारमा शंकर पाण्डे, कानूनी सल्लाहकारमा जगत रायमाझी, सल्लाहकारमा मनमोहन चौधरी, अर्जुन कुमार गिरी, गंगाराम पराजुली, लोकराज पोखरेल र श्रीराम गुप्ता रहनुभएको छ । मञ्चको संरक्षकमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय रहनुभएको छ ।

नागरिकको हकहित र अधिकारको सुनिश्चितता तथा प्राप्तीका लागि निष्पक्ष, निस्वार्थ एवं विशुद्ध समाजसेवा गर्ने उद्देश्यले नागरिक सरोकार मञ्च रुपन्देहीको गठन गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।