२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने

बुधवार , श्रावण १४, २०८२

  • 808
    Shares
  • 808
    Shares
  • काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । 

    पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । उहाले स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताउनुभयो ।

    त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्रता दिने बिषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेण्डा तय भएको उहाले जानकारी दिनुभयो ।

    संगठन निर्माण, नेताहरुको कार्यबिभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिनुभयो ।

    स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गर्ने उहाले बताउनुभयो ।